
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठक बसेको छ । पहिलो बैठकले वृद्धभत्ता बार्षिक १२००० पुर्याउने, सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने, सार्वजनिक स्थलमा नि:शुल्क वाईफाई दिने लगायतका निर्णयहरु गरेको छ । बैठकले ११ बुँदे निर्णय गरेको छ ।
मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । साथै बैठकले नेपाली भाषासँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने, बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने , हालका अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको बैठकको ठहर छ । महानगरको घर तथा टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विर्सजन र व्यवस्थापन गर्ने निर्णय गरेको छ, ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बार्षिक १२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने समेत निर्णय छ ।
भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने, महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फि्र वाइफाइको व्यवस्था गर्ने, सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि पहिलो नगरकार्यपालिकाको बैठकको निर्णय छ ।
(यसअघि बार्षिक १२००० हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।-सम्पादक)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्