
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- दोश्रो चरणको निर्वाचन सर्न सम्भावना देखिएको छ । नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेपछी यस्तो सम्भावना देखिएको हो ।शनिबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि राजपा आए केही दिन मिति सार्ने कि भन्ने छलफल भएको थियो ।
कांग्रेस तयार, एमालेद्वारा अस्वीकार !
यता प्रमुख विपक्षी दल नेकपा एमालेले मिति सार्ने प्रस्ताव अस्वीकार गरेको छ । छलफलका क्रममा प्रचण्ड पनि चुनाव केही दिन सार्दा राजपा आउँछ भन्ने समेटेर जाने पक्षमा देखिएका थिए । तर, प्रमुख विपक्षी दल एमालेले चुनावको मिति सार्ने प्रस्तावमा आफ्नो सहमति नहुने प्रष्ट पारेको छ । राजपाको माग सम्बोधनबारे छलफल गर्न कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्ने तयारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्