
- अर्थ सरोकार सम्बाददाता
पाठकको हत्या भएको पुष्टि हुँदापनि घटनालाई गुपचुप राख्न खोजिएको छ । विशेषगरी आजको निर्वाचनमा कुनै पनि खालको दखल नपरोस् भन्दै प्रहरीले नै घटना लुकाउन खोजेको देखिएको छ । यता यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले अर्थ सरोकार डटकमसँग कुरा गर्दै प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् ।उनको यो आरोपपछी पनि घटना लुकाउन खोजिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
यता उक्त घटनापछी नमोबुद्धको निर्वाचन भने प्रभावित हुने देखिएको छ । मृतक पाठकको लास र घटनास्थलमा देखिएको उनको गिदी देखेका केहि जनताले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने बताएका छन् । ‘जनता मारेर हालिएको मतको के अर्थ भो ? आफ्नाहरुनै नरहेपछि कोहि जिते वा कोहि हारे के भयो र ?’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भनिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्