×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सले जेठ ५ देखि सेयर लिलामी बिक्री खुला गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्सुरेन्सले जेठ ५ देखि सेयर लिलामी बिक्री खुला गर्दै

२१ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – जेठ ५ गते देखि नेको इन्सुरेन्सले ९२ हजार ८९३.३२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । नेकोले  संस्थापक समूहको ६ हजार १६३.७९ कित्ता र सर्वसाधारण समूहको ८६ हजार ७२९.५३ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले  न्यूनतम एक सय रुपैयाँ भन्दा माथि भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र नेकोको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण र संस्थापक समूहको सेयर अहिले लिलामी गर्न लागेको हो । नेको इन्सुरेन्सलको सेयर जेठ २१ गतेसम्म भर्न पाइन्छ ।
यो इन्सुरेन्सले संस्थापक समूहको बोलपत्र जेठ १२ गते दिउँसो १.३० बजे र सर्वसाधारण समूहको बोलपत्र सोही दिन दिउँसो २ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोल्नेछ । यसको बाँडफाँट जेठ १९ गते हुनेछ । लगानीकर्ताले बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट जेठ २४ गतेदेखि फिर्ता पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी