×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ डेभलपमेन्ट बैंकले गर्यो यस्तो प्रगति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ डेभलपमेन्ट बैंकले गर्यो यस्तो प्रगति

५ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद नाफा गत वर्ष भन्दा ९ करोड २० लाख ३९ हजार रुपैयाँले वृद्धि गरेको हो । गत वर्ष तेस्रो त्रैमासमा सिद्धार्थले १९ करोड ६२ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । अहिले बैंकको खुद नाफा बढ्नुमा खुद ब्याज आम्दानीको धेरै भूमिका देखिन्छ। 
बैंकले खुद ब्याज आम्दानी गत वर्ष भन्दा ९०.५४% ले बढोत्तरी गर्दै ५८ करोड ४५ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ३० करोड ६७ लाख ८३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । जनता बैंकसँग एक्विजिसनमा जान लागेको सिद्धार्थको तेस्रो त्रैमासमा चुक्ता पुँजी १ अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा ६९ करोड ९३ लाख ९७ हजार रुपैयाँ जम्मा भएको छ । 
सिद्धार्थको खराब कर्जा २.४२% छ । यो त्रैमासमा बैंकले १३ अर्ब ६९ करोड ४५ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब १५ करोड ४१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिद्धार्थले सम्भावित जोखिमका लागि २ करोड २० लाख ३८ हजार रुपैयाँ छुट्याएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०९ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६० पैसा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी