
- अर्थ सरोकार सम्बाददाता
बुटवल । नेपालमा विभिन्न ठेक्कापट्टाका लागि चीनबाट आएका चिनियाँ ठेकेदारहरुले नेपाली मजदुरमाथि दुर्व्यवहार गरेको घटना नौलो होइन । तर तलव मागेको निहुँमा सोझा नेपाली मजदुरलाई चिनियाँ ठेकेदारहरुले निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर मरणासन्न हुनेगरी कुटिएका छन् । नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरको आरोप छ ।
चीनियाँ ठेकेदारहरु मजदुरलाई तलव नदिनुपर्यो भने फलानो चीज चोरिस् भनेर दोष लगाउन सिपालु हुने चर्चा चौतर्फी छ । देशको उत्तरी नाकाहरुमा पनि सोझा नेपालीहरुलाई चिनियाँहरुले चोर दोष लगाएर बेला बेला रक्सी खाएर कुट्ने गरेका छन् । यस्तै केहि निहुँ नपाएपछी माटो चोरेको अभियोगमा सोझा मजदुरहरुको तलव रोक्का गरी चिनियाँ ठेकेदारहरुले उनीहरुलाई बोलाएर कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का एसपी प्रकाश मल्लले चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल हुँदा ६ जना घाइते भएका र उनीहरुलाई अस्पताल पुर्याइएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्