
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको ठुला व्यापारिक घराना मध्येको एक खेतान समूहले आफ्ना वितरकहरुलाई ठगी गरिरहेको खुलासा भएको छ । कुनै बेला निकै चलेको र पछिल्लो समयमा सुपर ‘फ्लप’ भएको मायोज चाउचाउ उत्पादन गर्दै आएको कम्पनीले हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिले आफ्ना वितरकहरुलाइ ठगी गरेको पाइएको हो ।
‘हिसाव किताव मिलान गर्नपनि मान्दैन कम्पनी । उल्टै हामीलाई दु:ख दिने काम भएको छ ।’ मायोज चाउचाउका एक वितरक भन्छन्, ‘पैसा र पावरका भरमा हामीलाई दुख दिने काम भएको छ । हिमालयन स्न्याक्स एण्ड नुडल्स का नाममा नेपालभर रहेका हामी वितरकहरूसँगकाे हिसाब मिलान नगरी एकतर्फी रूपमा वितरकहरूकाे बैंक ग्यारेण्टी दाबी गर्ने काम भएको छ । हामीलाई उठिबास लगाएर पैसा र पावरकै भरमा हामीमाथि ज्यादती भएको छ । आफु गुणस्तर खस्काएर उत्पादनलाइ डुबाउने र हामीलाई दुख दिने काम भएको छ ।’ एक वितरकले अर्थ सरोकार डटकमसँग भने ।
टुबोर्ग बियर विक्री वितरणनै बन्द हुँदै !
खेतान समुहले आफुलाई आहत बनाएको भन्दै पिडीत व्यवसायीहरूले उक्त ग्रुपले नै उत्पादन गर्दै आएको गाेर्खा ब्रुअरी प्रा.लि. अन्तरगतकाे टुवाेर्ग वियरकाे विक्री बन्द गर्ने निर्णयमा पुगेको बताएका छन् । ‘केहि साथीहरुले विक्री वितरण नै बन्द भएको छ । केहि साथीहरुले गर्दै हुनुहुन्छ । हामी एउटा आन्दोलनमा छौं । र हामी यो आन्दोलनलाइ निकर्षमा पुर्याएरै छोड्छौं ।’ उनले भने । उनका अनुसार उक्त कम्पनीको कुनै पनि उत्पादन देशभर विक्री वितरण बन्द गर्ने सम्मको आन्दोलनको तयारी भइरहेको छ । ‘हामीले पटक पटक कम्पनीलाई हिसाव मिलान गर्न भन्यौं । तर जहिलेपनि दादागिरी गरियो । अव हामी कठोर आन्दोलनमा नलागी भएन ।’ एक वितरकले अर्थ सरोकार डटकमसंग भने ।
गुणस्तरमा समस्या आएपछि बन्द भयो ‘मायोज’
यता वितरकहरुले बाहिर जे जस्तो कुरा आएपनि गुणस्तरमा नै समस्या आएपछि मायोज बन्द भएको दावी गरेका छन् । ‘तौलमा समेत एकरुपता थिए । यसो त गोरुको विर्य भएको रेडबुल, अखाद्य बस्तु राखेर टुबोर्ग बेच्ने कम्पनीले जनस्वास्थ्यमाथि खेलबाड गर्नु नौलो कुरा होइन । तर पनि मायोजको कुरामा भने अलि बढी नै गुणस्तरमा सम्झौता गरियो ।४० ग्राम उल्लेख गरिएकाे साेही कम्पनीकाे रूचि चाउचाउकाे ताैल ३० ग्राम मात्र रहेकाे समेत भेटिएकाे छ । जसका कारण चाउचाउ नै बन्द भयो ।’ ती वितरकले अर्थ सरोकार डटकमसंग भने ।
कर्मचारीलाई समेत यस्तो सास्ती !, विक्री नभएका सामानकाे भुक्तानी दाबी गर्दै मायाेज चाउचाउ
आफुलाई ठुलै व्यापारिक घराना बताउने खेतान समूहले आफ्ना कर्मचारीहरुलाई समेत भनेको तलव दिएको छैन । ‘एकातर्फ वितरकको हिसाब मिलान नगरी पत्र काटेर बैंक ग्यारेन्टी दाबी गर्दै अाएकाे र सम्बन्धित बैंकबाट समेत ठाउँ-ठाउँका वितरकहरूकाे रकम कम्पनीले हत्याइसकेकाे छ भने अर्को तर्फ हामी कर्मचारीहरुलाई समयमा तलव दिइएको छैन ।’ खेतान समूहका एक कर्मचारीले अर्थ सरोकार डटकमसंग भने । उनका अनुसार कम्पनीले पछिल्लाे ३-४ महिनादेखि कर्मचारीहरूलार्इ तलब नदिएका कारण उत्पादन तथा बजार व्यवस्थापनमा संलग्न कर्मचारीहरू कम्पनीप्रति असन्तुष्ट छन् भने कति कर्मचारीहरुले वितरकको आन्दोलनलाई समेत साथ दिन थालेका छन् ।
कम्पनीको यो हदसम्मको बदमासी, महासंघको यस्तो अग्रसरता, यस्तो छ बजारको स्थिति
यता कम्पनीको रबैयाबारे नेपाल वितरक महासंघको समेत ध्यानाकर्षण भएको छ । माघ २१ गते पाेखरामा सम्पन्न नेपाल वितरक महासंघकाे ५ अाैं अधिवेसन मार्फत व्यवसायीहरूले भाेग्नुपरेका समस्या समाधानार्थ नेपाल वितरक महासंघले नै अग्रसरता लिनुपर्ने निष्कर्षमा पुगेका थिए । यता कम्पनीको उत्पादनहरुको बजारको स्थिति भने बिजोग छ । बजारमा यस कम्पनीले उत्पादन गरेका चाउचाउहरू ठूलाे परिणाममा बिक्री हुन नसकेर सडेर बसेको छ ।
कम्पनीले कति हदसम्म बदमासी गरेको छ भने विगतमा कम्पनीले बिग्रेका चाउचाउहरूलार्इ अाफैं जलाएरपनि ती चाउचाउ अागलागी भएको भन्दै आफ्नै गानी रहेकाे एभरेष्ट इन्स्युरेन्सबाटनै नाेक्सानी बापतकाे रकम दाबी गरेकाे थियाे । केहि समय अघि व्यवसायीहरूसँग कर्मचारीकाे राेहवरमा नै जलाएका चाउचाउकाे समेत कम्पनीले भुक्तानी दावी गर्दै अाएकाे छ । यस्तो बदमासी गरिरहेको कम्पनी भने पैसा र पावरका भरमा वितरकहरुलाई दुख दिंदै आएको छ ।
यसरी उदांगो भयो कम्पनीको ठग्ने नियत:
वितरकहरुले कम्पनीको ठग्ने नियत समेत फेला पारेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक वाटरकले भने, ‘हाम्रा एक साथीलाई रकम भुक्तानी दावी गर्दै अाफूले दावी गरेको रकम भुक्तानीको निम्ति कम्पनीले हात्तिसार स्थित हिमालयन स्न्याक्स रहेकै बिल्डिङमा रहेका लक्ष्मी बैंकमा रकम सङ्कलन गर्न निर्देशन दिइएको थियो । यस कार्यलाई शंकास्पद रुपले हेर्दै उहाँले हामीलाई सम्पर्क गर्नुभयो । काठमाडौंका व्यवसायी साथी दुर्गाराज श्रेष्ठले बैंकमा पैसा सङ्कलन गरेको भनेर कम्पनीमा फोन मार्फत भन्ने र कम्पनीका कर्मचारीलाई बैंकमा पूरै रकम भुक्तानी भएको कागज लिएर आउन लगाए । त्यसै बमोजिम व्यवसायीले कम्पनीका कर्मचारीलाई तल बोलाएर आफूले रकम सङ्कलन गरेको र बैंक ग्यारेण्टी कागज फिर्ता दिनुपर्ने कुरा गर्दा मात्र ती साथीले बुझे कि की कम्पनीको रकम सङ्कलन मात्रै गराउने तर नो अब्जेक्सन लेटर फिर्ता नगर्ने नियत राखेको रहेछ ।’ ती वितरकले भने ।
अझ केहि ठाउँमा त कम्पनीले छापामार शैली समेत अपनाएको छ । सुर्खेतका व्यवसायी कर्ण बहादुर शाहीको तिर्नुपर्ने रकम निकै न्यून भएको, र हिसाव कितावका लागि तयार हुँदापनि कम्पनीले बैंक ग्यारेण्टी बापतको १५ लाख रुपियाँ जफत गरेको छ । यसबारे एक पटक जानकारी समेत नगराई यस्तो रबैया देखाइएको छ । धादिङका अर्का एक वितरकले कम्पनीलाई तिर्नुपर्ने रकम भन्दा करिब १५ सय रकम बढी तिरेका भएपनि कम्पनीले बैंक ग्यारेण्टी बापतको उनको ५ लाख रकम जफत गर्ने प्रयास भएको थियो ।
खेतान समुहका जिम्मेवार व्यक्ति सम्पर्क बाहिर
देशभर कम्पनीले यस्तो दादागिरी देखाईरहंदा पनि कम्पनीका सञ्चालक पीपी खेतान लामाे समयदेखि सम्पर्क बाहिर छन् । उनलाई विभिन्न व्यवसायी, सञ्चारकर्मी तथा कर्मचारीहरूले पटक पटक सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा आएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्