- अर्थ सरोकार सम्बाददाता
काठमाडौ- आस्वा शुल्क घटेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रति फारम अधिकतम २५० रुपैयाँसम्म लिन पाइने शुल्कलाई घटाएर १०० रुपैयाँमा झारेको हो । नयाँ निर्देशन दिँदै सेबोनले एउटै शुल्क कायमगराएको हो। धितोपत्र खरीद (सार्बजनिक निस्कासन) सम्बन्धि निर्देशिका, (अस्वा सम्बन्धि) २०७३ मा दोस्रो संसोधन गर्दै सेबोनले यस्तो निर्णय गरेको हो।
यता सेबोले अबदेखि सरकारी बैंकलाईपनि आस्वमा सहभागी गराई वेव साइटबाटै दरखास्त फारम लिन सक्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ । नयाँ नियमअनुसार आस्वामार्फत संकलन हुने प्रति फारम १०० रुपैयाँमध्ये १० रुपैयाँ बिक्रि प्रबन्धकले पाउने भएका छन् । वोर्डले लिने ३ प्रतिशत शुल्क भने अबदेखि बैनले तिर्नु नपर्ने भएको छ ।
यता सेबोनको यो नियमले साना लगानीकर्ता भने खुसी हुनुपर्ने कारण छैन । सेवा शुल्क घटाएपनि नेपाली पूँजी बजारका साना लगानीकर्तालाई भने अझै महँगै पर्ने छ । साना लगानीकर्ता अझै पनि आस्वा शुल्क महँगो भयो भन्दै लाइनमै बसेर फारम बुझाइरहेका छन् । सेवा शुल्क घटाउने पछिल्लो निर्णयले ठूला लगानीकर्तालाई नै फाइदा पुग्ने देखिएको सरोकारवालाहरुको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्