
- सुर्जनी पौडेल / अर्थ सरोकार डटकम
काठमाडौं – अवदेखि एसएमएस बैंकिङ अनिवार्य र नि:शुल्क हुने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने नियम ल्याएको छ । प्रत्येक कारोबारको अनिवार्य सुचना दिनुपर्ने नियम उँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने गरी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले उक्त निर्देशन दिएको छ ।
‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । अझ ग्राहकहरुका लागि खुसीको कुरा त के छ भने यस्तो एसएमएस सुविधाबापत थप शुल्क समेत लिइने छैन। अहिले एसएमएस बैंकिङ भन्दै अतिरिक्त सेवाको रुपमा विभिन्न बैंकहरुले भिन्ना भिन्नै शुल्क लिइरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्