
हकप्रद निष्काशनको अनुमति माग्दै पुर्णिमा विकास बैंक र ज्योति बिकास बैंक नेपाल धितोपत्र बोर्ड पुगेका छन। पुर्णिमाले २५ प्रतिशत तथा ज्योति विकास बैंकले शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै आबेदन पेश गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
पुर्णिमा विकास बैंक
पुर्णिमा बैंकले १०० बराबर २५ कित्ता सेयर अर्थात २५ प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमति माग गरेको हो। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८ करोड ८० लाख ९६ हजार २ सय ८२ रुपैयाँ बराबरको ८ लाख ८० हजार ९ सय ६२ दशमलब ८२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। बैंकको गत पुष २३ मा बसेको ९ औ बार्षिक साधारणसभाले २५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्र्स्ताब पारित गरेको हो। पुर्णिमा बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
हाल बैंकको चुक्ता पुंजी ३५ करोड २३ लाख रहेकोमा २५ प्रतिशत हकप्रद बिक्रि पश्चात बैंकको चुक्ता पुंजी ४४ करोड नाघ्ने छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख खुद नाफा गरेको छ ।
बैंकले ०७४ असर मसान्तसम्ममा चुक्ता पुंजी ५० करोड पुर्याउने पर्ने हुन्छ । हकप्रद निष्काशनपछि बैंकले थप १३.५ प्रतिश्य पुंजी बढाउने पर्ने देखिन्छ ।
ज्योति बिकास बैंक
त्यस्तै ज्योति विकास बैंकको पुस २८ मा बसेको साधारण सभाले शत प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्तव पारित गरेको थियो । जस अनुसार बैंकले १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रहेकोमा हकप्रद बिक्रिपछि चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १३ करोड ५४ लाख खुद नाफा गरेको थियो ।
ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई गाभ्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्