Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंक लिमिटेडको बाउन्स चेक काट्ने बुद्धि बहादुर तामाङ पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैकिङ कसूरको मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । कुमारी तामाङको जाहेरीमा ४० वर्षिय बुद्धि बहादुर तामाङलाई जोरपाटि, काठमाडौंबाट आज आइतबार पक्राउ गरिएको हो । बुद्धि बहादुरले ७/२५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जोरपाटीमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी चेक काटी कुमारी तामाङलाई दिएका थिए ।
खातामा रकम नभएपछि उनलाई बैंकिङ कसूरजन्य अपराध गरेको उच्च अदालत पाटनले ठहर गरेको थियो । अदालतले छ दिन कैद र उन्नाईस लाख नब्बे हजार रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि उनि फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK