
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार रहेका पूर्ण लामा पक्राउ परेका छन् । उनलाई दुर्गामान मोक्तानको जाहेरीका आधारमा जावलाखेल ललितपुरबाट पक्राउ आईतबार पक्राउ गरिएको हो । मोक्तानले संचालन गरेको लेजर इन्फोटेक नेपाल प्रा.लि. नामक कम्पनीलाई लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको निजको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकम बराबरको चेक काटी दिएका थिए ।
त्यसपछि उच्च अदालत पाटन १५ दिन कैद र विगो बमोजिम बिस लाख रूपैंया जरिवाना हुने ठहर हुने सुनाएको थियो । त्यसयता उनि फरार रहेका थिए । लामालाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको छ । फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्