Skip to content
LAXMI SUNRISE BANK

सप्तरी गोलीकाण्डको प्रभाव पूँजी बजारमा पनि, १७.४२ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

शुक्रबार, आइतबार र सोमबार निरन्तर उकालो लागेको नेप्से मंगलबार भने घटेको छ । आज नेप्से १७.४२ अंकले घटेर १३४०.९९ अंकमा पुगेको छ । सप्तरीको राजविराजमा भएको गोली काण्डपछी भयावह भएको नेपाली राजनीतिको प्रभाव नेपाली पूँजी बजारमा परेको विश्लेषकहरुको भनाइ छ । हिजो भएको उक्त घटनापछी नेपाली पूँजी बजार घट्ने अनुमान समेत गरिएको थियो । आज सबैभन्दा बढी कारोबार सीजेठबीआइएलको भयो भने एनसीसीबी र एनएलआइसीको कारोबार बढी भयो । हेर्नुहोस् बढी कारोबार भएका कम्पनीहरु :
आजको गिरावटसंगै नेप्सेमा अव केहि दिन यस्तै गिरावट आउने अनुमान गरिएको छ । लामो समयपछि बढेको बजारले आफ्नो गति समातीरहेका बेला हिजोको राजविराज गोली काण्डले देशको स्थिति अन्यौलपूर्ण भएपछि यस्तो अवस्था आएको भन्दै लगानीकर्ता निराश भएका छन् ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK