- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइतबार उकालो लागेको नेप्सेको रौनक सोमबारपनि जारी रह्यो । आज सोमबार ४.०७ विन्दुले बढेर नेप्से १३५८.४१ अंकमा पुगेको छ । सोमबार कुल १४१ कम्पनीको १५ लाख ५० हजार २३८ कित्ता सेयर किनबेच भएको छ । फाइनान्स र बिमाबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली देखिएको छ ।
लामो समयपछि कारोबार रकमले नयाँ उचाई लिएको छ । ७४ करोड ७३ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकले अग्रता लिएको छ । बंगलादेश बैंकको ११ करोड ५२ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक परेका छन् ।