- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – जनता बैंकसँग लगनगाँठो कस्ने निर्णय गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० हकप्रद सेयर निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । सिद्धार्थले ८५ करोड १५ लाख ५६० रुपैयाँको ८५ लाख १५ हजार ५.६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १०ः६ अनुपातमा आउने यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लमिटेडले गर्नेछ ।
जनताले सिद्धार्थ डेभलपमेन्टलाई गत सातामात्र एक्वायर गर्ने निर्णय गरेको हो । जनताले किन्ने भएपछि सिद्धार्थको बिहीबारदेखि सेयर कारोबारसमेत रोक्का भइसकेको छ । आठ अर्ब चुक्ता पुँजी युर्याउने अभियानमा जनताले सिद्धार्थ डेभलपमेन्टलाई एक्वायर गर्न लागेको हो । हाल सिद्धाथको चुक्ता पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ छ । सिद्धार्थलाई भित्र्याएपछि जनतलाई चुक्ता पुँजी पुर्याउन थप सहज हुनेछ ।
यसअघि जनताले त्रिवेणी विकास बैंकलाई पनि मिसाउने निर्णय गरिसकेको छ । सिद्धार्थले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १८ करोड ६८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३३ पैसा (बार्षिकीकरण) रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ ४५ पैसा छ ।