Skip to content
LAXMI SUNRISE BANK

कक्षा ११ र १२ को परिक्षा सर्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – कक्षा ११ र १२ को परिक्षा सरेको छ । स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा सरेको हो । निर्वाचन आयोगले बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएपछी परिक्षा सार्ने राष्ट्रिय परिक्षा बोर्डको आन्तरिक निर्णय भएको हो। 
‘कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, यो बीचमा स्कुल, क्याम्पस बन्द गर्ने सरकारको निर्देशन भएकाले परिक्षा संचालन गर्न सकिँदैन । निर्वाचन आयोगसंग परामर्श गरेर कक्षा १२ र ११ को नयाँ परिक्षा तालिका सार्वजनिक गर्ने तयारीमा छौं ।’ राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले भने। 
यता परिक्षा निर्वाचन अर्थात बैसाख ३१ गते हुने र त्यसपछी पनि केहि दिन निर्वाचनको माहोलले देश तातिने हुनाले जेठ दोश्रो सातामा परिक्षा हुने बताइएको छ । कक्षा १२ को निर्वाचन अघि र ११ को जेठमा परिक्षा संचालन गर्ने भन्ने आन्तरिक छलफल चलिरहेको भएपनि दुवै कक्षाको परिक्षा जेठमा हुने निष्कर्ष प्राय:मा पुगिसकेको बोर्ड सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK