×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार बढ्ने अर्को संकेत, वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजार बढ्ने अर्को संकेत, वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं- नेपाली पूँजी बजारका लगानीकर्ताहरुलाई अर्को खुसीको खबर छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।
सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।  दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको छ भने पाँच सचिवको सरुवा गरेको छ । चुनाव घोषणाका लागि भने साँझ तेस्रो मन्त्रिपरिषद् बैठक बसेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी