×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेयर बजार-फाल्गुण -चैत्रको लगानी, श्रावण-भाद्रको उब्जनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शेयर बजार-फाल्गुण -चैत्रको लगानी, श्रावण-भाद्रको उब्जनी !

Artha Sarokar

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रामु खनाल, सेयरबजार विश्लेषक

सेयर बजारमा शेयर कहिले किन्ने कहिले बेच्ने भन्ने कुरामा सबैको आ-आफ्नै रणनीति हुन्छ । कोहि कम्पनीले दिने लाभाशको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । कोहि बजारमा आउने उतार चढावको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । कोहि समयको आधारमा आफ्नो लगानी रणनीति बनाउछन् । जसले जसरि लगानी रणनीति बनाए पनि लगानीकर्ताको मुख्य उदेश्य भनेकोनै  सेयर बजारबाट नाफा आर्जन गर्नु  हो, शेयर बजार बाट फाइदा लिनुनै हो  । 
जसले समयको आधारमा आफ्नो लगानी रणनीति बनाउछ, उ उपयुक्त समयमा बजारमा छिर्छ र उपयुक्त समयमानै बजारबाट बाहिर निस्किन्छ । अत यसको लागि लगानीको  उपयुक्त समय छनौट गर्नुपर्छ । जहिले पनि बजार घटेको बेलामा बजारमा पस्ने र बजार बढेको बेलामा सबै सेयर बिक्री गरेर पोको पारी बजारबाट बाहिरिनुपर्छ । लगानीकर्ताको ध्यान जहिले पनि शेयर बजारबाट धेरैभन्दा धेरै शेयर जम्मा गर्नेतर्फ भन्दापनि शेयर बजारबाट धेरै भन्दा धेरै  पैसा जम्मा गर्ने तर्फ लाग्नुपर्छ । 
जसले समयको आधारमा आफ्नो लगानी रणनीति बनाउ छ उसले बिगतका बर्षहरुको  शेयरबजारको ट्रेन्डपनि हेर्नुपर्छ । प्राय कुन समयमा वा कुन महिनामा  शेयर घट्छ र कुन समयमा वा कुन महिनामा शेयर बढछ । बिगतको इतिहासलाइ हेर्ने हो भने अधिकाश बर्षहरुमा  फाल्गुण, चैत्र महिनामा शेयर घट्ने र श्रावण भाद्र महिना तिर बजार बढ्ने गरेको देखिन्छ । यदि समयको आधारमा आफ्नो लगानी रणनीति बनाउने हो भने यहि घटने महिनातिर शेयर बजारमा लगानी गर्ने  र श्रावण भाद्रतिर बजार बढेको बेलामा अहिले लगानी गरेको लगानीको आम्दानी  लिनुपर्छ । 
फाल्गुण, चैत्र  सम्ममा  अधिकाश कम्पनीहरुले दिनु पर्ने लाभाश दिई सक्ने भएकोले  यो समयमा  बजार घट्ने भएकोले न्यून मुल्यमा शेयर पाइन्छ । अत: फाल्गुण चैत्रमा  शेयर बजारमा प्रवेश गर्न उपयुक्त समय मानिन्छ । श्रावण, भाद्र तिर अधिकाश कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्ने एवं लाभाश घोषणा गर्ने हुदा उक्त समयमा राम्रो कम्पनीहरुको शेयर मुल्य उच्च हुने गर्छ ।
अत: उक्त समयमा अहिले गरेको लगानीको नाफा लिन सकिन्छ । जहिले  पनि उपयुक्त समयमा बजारमा छिर्नुपर्छ र उपयुक्त समयमानै बजारबाट बाहिरिनुपर्छ । शेयर बजारमा  बढेको बेलामा कहिल्यैपनि अधिक लोभ गरी बजारमा झुण्डीरहनु हुदैन । यसरी झुण्डीरहनु भनेको आत्मघाती गोल गरे सरह हो । जसको कारण लोभले लाभ लाभले बिलाप गराउछ । जहिलेपनि  शेयर किन्ने समयमानै आफ्नो नाफाको अनुमानित बिन्दुको आँकलन गरि शेयर किन्नुपर्छ र  उक्त अनुमानित बिन्दु आयो कि धेरै लोभ नगरी शेयर बिक्रि  गरी बजारबाट बाहिरिनुपर्छ । 
अन्य ठाउँमा “अबसर आउछ, पर्खिदैन” भनिन्छ तर शेयर बजारमा भने अबसरहरु आइरहन्छन् , एउटा गए अर्को आउछ ।  शेयर बजारको घातक रोग भनेकोनै अधिक डर र अधिक लोभ । शेयर बजारको मूलमन्त्र भनेको नै ‘घटेको बेलामा बजारमा पस ,  बढेको बेलामा सबै शेयर बिक्रि गरि बजारबाट बाहिर बस । ‘  शेयर बजारबाट धेरैभन्दा धेरै शेयर जम्मा गर्ने रणनीति बनाउनु भन्दापनि  धेरै भन्दा धेरै पैसा जम्मा गर्ने रणनीति बनाउनुपर्छ। बर्ष भरिको महिनाको हिसावबाट हेर्दा अधिकाश बर्षहरुमा फाल्गुण चैत्रमा बजार न्यून हुने र श्रावण भाद्रतिर उच्च हुने गरेको देखिन्छ । 
यसैले समयको आधारमा लगानी रणनीति बनाउनेहरुको लागि फाल्गुण चैत्र शेयर बजार प्रवेशको लागि उपयुक्त समय मानिन्छ ।  त्यसैले  त समयको आधारमा आफ्नो लगानी रणनीति बनाउनेहरु भन्ने गर्छन् , ‘शेयर बजार फाल्गुण  चैत्रको लगानी, श्रावण भाद्रको उब्जनी’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी