×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार बढ्ने अर्को संकेत, आज निर्वाचन मिति घोषणा हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजार बढ्ने अर्को संकेत, आज निर्वाचन मिति घोषणा हुँदै

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – केहि दिन यता लगानीकर्ताहरुलाई खुसी बनाइरहेको सेयर बजार अझै बढ्ने संकेत देखिएको छ । सरकारले आज सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । वैशाख अन्त्यमा देशभर एकै चरणमा हुने बताइएको छ ।
आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीको बैठकमा भोलि सोमबार स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । त्यस अनुसार आइतबारनै निर्वाचन आयोग र मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल भएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैठकमा सत्तारुढ दलहरुले आगामी वैशाख अन्तिममा नै स्थानीय तहको चुनाव गर्ने प्रस्ताव राखेका छन् । साथै एकै चरणमा चुनाव गर्ने सत्तारुढ दलहरुको प्रस्ताव छ ।
निर्वाचन आयोगले जेठ १ र २१ गरी दुई चरणमा चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । तर, कांग्रेसले वैशाखभित्र चुनाव गर्नु पर्ने दबाव दिइको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी