
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सेयर बजारको खुशीयाली आइतबार पनि जारी रहेको छ । कारोबार रकम र नेप्से सूचक दुवै उक्लिंदा लगानीकर्ताको सम्पति बढेको छ । यसअघि निरन्तर ओरालो लागेको बजार गत सातादेखि बढ्दोक्रममा देखिएको हो ।
सिनर्जी र समताको आइपीओमा थन्किएको पैसा फिर्ता हुनेक्रममा रहँदा यसले पनि बजारलाई थप सहज बनाएको हो । यसबाहेक नेपाल लाइफको एफपीओमा परेको ५१ अर्ब भन्दा बढीको आवेदन पनि अब केही समयपछि फिर्ता हुनेछ । यसले पनि लगानीकर्ताको सेयर किन्न सक्ने क्षमता बढ्न जानेछ ।
यसबाहेक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंक र बिमा कम्पनीले आकर्षक नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेका छन् । यसबाट पनि लगानीकर्ताको आत्मबल बलियो भएको अनुमान छ । भाउ सस्तो हुँदा छोटो समयमै नाफा लिने अर्का थरी लगानीकर्ता पनि हावी भएका ब्रोकरहरुको भनाई छ ।
विगत पछिल्ला दिनमा निरन्तर ओरालो लागेको बजारबाट केही संस्थागत लगानीकर्ता, सामूहिक लगानी कोष र व्यक्तिगत लगानीकर्ताले समेत सस्तोमा सेयर उठाउने अवसर पाएका थिए । यसको सकारात्मक प्रभाव पनि यतिबेला देखिएको हो । नेप्से सूचक २५.५० ले बढेर १३६९.३५ विन्दुमा अडिएको छ ।
आइतबार कुल एक सय ४४ कम्पनीको ६७ करोड रूपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । २१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएको छ । सबैभन्दा धेरै बिमा सूचक २९५.९७ विन्दुले उक्लिएको छ । नेपाल टेलिकम र जलविद्युत लगानी कम्पनीको वर्चस्व रहेको अन्य समूह २४.५८ विन्दु र बैंकिङ समूह १४.१९ अंकले माथितिर लागेका छन् ।
कारोबार रकमका आधारमा बैंक अफ काठमान्डू अग्रस्थानमा आएको छ । यो बैंकको तीन करोड लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा भने क्रमशः नेपाल लाइफ इन्सुरेन्स र प्रभु बैंक परेका छन् ।
कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्