×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करिब १२ दिनपछि शेयर बजार भयो हरियाली, नेप्से २६.४८ अंकले उक्लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

करिब १२ दिनपछि शेयर बजार भयो हरियाली, नेप्से २६.४८ अंकले उक्लियो

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ –  निरन्तर १२ दिन ओरालो लागेको शेयर बजारमा आज हरियाली छाएको छ । निरन्तरको गिरावटपछि साताको दोस्रो दिन बजार फर्किएको हो ।
गएको माघ १९ मा १३८९ अंकबाट शेयर बजार घट्न थालेको थियो । १३७ अंकको गिरावटपछि सोमबार नेप्से २६.४८ अंकले उक्लदै १२७८.९८ अंकमा बन्द भएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि माथि उक्लिएको छ । ५.९७ अंकको वृद्धि संगै सेन्सेटिभ इन्डेक्स २७७.४७ अंकमा पुगेको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै बढेको छ । सोमबार १३ लाख कित्ता शेयर ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद बिक्री भएको छ । सोमबार पनि कारोबारमा उतार चढाव देखियो ।
कारोबारको सुरुवाती तीन घण्टा लगातार बजार घटेको थियो । १२५१ अंकबाट सुरु भएको बजार तेस्रो घन्टामा १२१८ अङ्कसम्म झरेको थियो ।कारोबारको अन्तिम एक घन्टामा बजार बाउन्सब्याकु भएर २६.४८ अङ्क उक्लिएर बन्द भएको छ ।
सोमबारको कारोबारमा उपसूचकहरु मिस्रित देखिएका छन् । बैंकिंग, बीमा र जलविद्युतले बजार बढ्न मदत पुर्याएका छन् । सबैभन्दा बढी बीमा समूहमा १९२.८९ अङ्क, बैंक ३०.२३, जलविद्युत ३३.५९ र अन्य समूह १५.३३ अंकले बढेको छ । होटेल ,फाइनान्स र उत्पादनमुलक समूहमा गिरावट देखिएको छ । होटेल १४.४३ , फाइनान्स ४.४३ र उत्पादनमुलक समूह २.७९ अंकले घटेको छ ।
आज सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको शेयर खरिद बिक्री भयो । बैंकको तीन करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो । आज चार कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
स्वावलम्बन बिकास बैंक ,सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन् । आज सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी