
बोलीमा चाहिं “मुलुक समृद्ध बनाउन पुँजी बजारको बिकास गर्नैपर्छ” भन्ने अनि पुँजी बजार कोमामा जान लागेको अवस्थामा ओरालो लागेको मृग लाई लखेटे जस्तो सबैतिरबाट यही बेला प्रहार गर्ने?
● यही बेला सर्वसाधारणको लागी ८.५%को बचतपत्र खुल्दैछ । के तरलता अभाव बिचको यो कदम पुँजी बजारको बिकासकै लागी हो ?
● हिजोबाट बैंकलाई सेयर कर्जा, घर कर्जा, गाडी कर्जा अनुत्पादक हुन्, लगानी बन्द गर भनियो। यो पनि बजारको बिकासकै लागी होला !
● हिजो बजार बढ्दा चाहिं लगानी कर्तालाई बारम्बार सचेत गराउनेले आज भने अस्वभाबिक गिरावटमा चाहिं रमिते बनेर मौन बस्ने?
● एउटा बैंकले आफ्नो तथा केहि ब्याक्तीको अभिष्ट पुरा गर्ने उदेश्यले खुलेआम पुँजी बजारलाईनै बलत्कार गर्दा नियामक चाहिं तमासानै हेरेर बस्ने?
नेप्से १८०० माथी हुँदा यही क्षेत्र उत्पादनमुलक थिए भने अहिले झरेर १३०० मुनी आउँदा अनुत्पादक? के को कारणले यि क्षेत्र अनुत्पादक भए त ?
उत्तर सहज छ , “तरलता अभावकै कारण अनुत्पादक भए यि क्षेत्र अहिले आएर !”
भोली फेरी तरलता सहज हुँदा उत्पादनमुलक मानिले छन् यि क्षेत्र। अनि बैंकले आकर्षक अफर ल्याएर लगानिकर्तालाई बाटैमा स्टल राखेर तानातान गर्नेछन्। राष्ट्र बैंकले पनि क्या बात भन्दै तालीमा ताली मिलाउनेछ। यो चक्र बिगतमा जस्तै भबिष्यमा पनि पुन: दोहोरिनेछ।
“अहो…..कस्तो आर्थीक सन्तुलन अनि कस्तो दुरदर्शिता!”
यतीखेर आएर सेयर, घर, गाडी कर्जा अनुत्पादक भए? मेरा केहि प्रश्नहरु यो क्षेत्रलाई अनुत्पादक देख्नेलाई ;
● के ढिलै भएपनि सम्बन्धित निकायको आँखा खुलेकै हो त?
● सेयर कर्जा लिएर त्यो कर्जा कुनै उत्पादनमुलक काममा उपयोग भएको हुन सक्दैन ? त्यसको लेखाजोखा छ कसैसँग ?
● गाँस, बास र कपास लगायतका आधारभुत आवश्यक्ता पुरा गर्न नसक्नेले गाडी चढ्छ ? गाँस बास र कपासको जोहो गर्न नसक्नेले गाडी चढेको देखिएको छ अहिलेसम्म?
● घर कर्जा अनुत्पादक भनेर बन्द गर्ने अनि सिमेण्ट, छड उत्पादान गर्ने कम्पनीलाई उत्पादन मुलक भनेर दिएको कर्जा कसरी असुली हुन्छ, जबकि उत्पादनको उपभोगको ढोका बन्द गरिन्छ भने?ति कम्पनीले गरेका उत्पादन के को लागी?
अर्थतन्त्र चलायमान हुन उपभोग बढ्नु पर्छ मेरो बुझाईमा उपभोगका सबै ढोका बन्द गरेर उत्पादन मात्र बढाउन जोड दिनु कतीको सही छ भोलीको दिनले देखाउला।
अन्त्यमा ,
ढुक्क रहनुहोस्, श्री पशुपतीनाथले आम लगानिकर्ता लगायत देशकै समग्र अर्थब्यवस्थाको रक्षा गर्नेनै छन् !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्