
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – नारायणगढबाट ठूलो परिमाणको गरगहना चोरीको घटनालाई प्रहरीले प्रविधिको प्रयोग गरेर सूक्ष्म रुपमा अनुसन्धान गर्ने भएको छ । नारायणगढ मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलबाट नाटकीय शैलीमा बिहीबार राति ४ केजी सुन र साढे १० केजी चाँदी र नगद साढे सात लाख रुपैयाँ चोरी भएको थियो । प्रहरीको प्रारम्भिक अध्ययनले चोरी घटनालाई ‘ज्यादै रहस्मय’ रहेको जनाएको छ ।
सो , चोरीको घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठको संयोजकत्वमा टोली खटिएको छ । टोलीले पसल भित्रको अवस्था, बजार क्षेत्रका सीसी क्यामरा फुटेज अध्ययन तथा सोधपुछ गर्ने कार्यलाई तीव्रता बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले सुनचाँदी पसलमा कसैले तोडफोड नै नगरी एकै रात ठूलो परिमाणमा चोरी भएको घटना ज्यादै रहस्मय रहेको बताउँदै “घटनाबारे अनुसन्धान जारी रहेको र “चोरको मुभमेन्ट पत्ता लगाउन बजारका सीसी क्यामेराका बिहीबार रातिको फुटेज अध्ययन भइरहेको छ”, थापाले जानकारी दिए । उनले भने, “शंकास्पद मोटरसाइकल र कार फेला परेका छन्, हामी अध्ययन गरिरहेका छौं ।” प्रहरी सेवामा लागेपछि हालसम्म यस्तो अनौठो चोरीको घटना नभएको उनले बताए ।
“सेफको चाबी फुटाल्न ह्यामर वा अन्य केही वस्तु प्रयोग भएको प्रारम्भक अध्ययनले देखिदैन”, उनले भने, “पसलभित्रको फुटेज कैद भएको डिबीआर बक्सपनि तोडफोडै नगरी झिकिएको देखिन्छ ।” पेचकसले माथि पट्टी रहेको डीबीआर बक्स झिकिएको आशंका प्रहरीले गरेको छ ।

पसलमा प्रहरीले जुत्ताको छाप फेला पारेको छ । “यति धेरै गहना लिएर भाग्ने क्रममा चोरले धेरै सजगता अपनाएको पनि हुन सक्छ”, उनले भने, “प्रविधिको प्रयोग गरेर घटनामा संलग्नलाई चाँडै नै फेला पार्न लागिपरेका छौँ ।” बजार क्षेत्रमा प्रहरीको नियमित गस्ती भइरहेको उनले बताए । अहिले बजार क्षेत्रको मुख्य(मुख्य चोकहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।
बजारमा सडक बत्ती पनि बलिरहेको अवस्थामा चोरी भएको छ । उनले रातको समयमा धेरै चहलपहल नहुने भएकाले प्रविधिको प्रयोग गरेर छिट्टै सत्यतथ्य सार्वजनिक गरिने बताए । पसल सञ्चालकले गर(गहना ठूलो सेफमा नराखी प्रायः सानो सेफ मै राखिरहने गरेको बताएका छन् । चोरी गरेपछि चोरले नै ताला लगाएर भागेको पसल सञ्चालकको भनाइ छ । “प्रारिम्भक अनुसन्धानले चोरी घटनामा जानकार व्यक्ति नै संलग्न हुन सक्ने आशंका उब्जाएको छ”, प्रहरी प्रमुख थापाले भने, “पसलमा एउटा रेञ्ची फेला परेको छ , अन्य तोडफोड भएका सामग्री भेटिएका छैनन् ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्