
- सन्दीप सिग्देल
एउटा पात्र, जो को हो मलाइ थाहा छैन । तर मिडियामा उसको खुब चर्चा हुन्थ्यो र हुन्छ पनि । बजार घट्नुसँग यसरी उसको नाम जोडिन्थ्यो कि मानौं बजार घटेपछि उसले जित्नेछ र बजार बढेपछि उसले हार्नेछ । एक टेलिभिजन कार्यक्रममा उत्तेजित अन्तर्वार्ता दिएर रातारात हिट भएका दुर्गाप्रसाद बजार ओरालो लागेसँगै झन् चर्चामा आए । आउनु स्वाभाविक पनि थियो । बजार घटीरहेको थियो ।
तर बजार यसरी बढ्न थाल्यो वा बढ्ने वातावरण भयो कि, अव बजार फर्कनेवाला छैन । सबै वातावरण मिलेको छ । बजार बढ्ने क्रम सुरु भएको छ । यो क्रम रोकिने छैन । केहि दिन तलमाथि भएपनि अव यो रफ्तार कुनै पनि हालतमा रोकिने छैन । देशमा निर्वाचन हुँदैछ । ब्याज घट्दैछ । तरलता अभाव पनि साम्य हुँदैछ ।
आजको बजार नियाल्दा एकाएक दिमागले ‘दुर्गाप्रसाद’ सम्झ्यो । अहिले उनी के गरिरहेका होलान ? के सोचीरहेका होलान् ? के लेख्ने मूडमा होलान् ? मलाइ मात्र होइन, मजस्ता धेरैलाई यस्तो लागेको होला ।
अव त अरु के नै भन्न सकिन्छ र ? बजारले गति लिएको छ । जुन अव फर्कने वाला छैन । अव सानो कुरामा धेरै समय / शब्द खर्चने कुरापनि भएन । दुर्गाप्रसादका कुरा धेरै आउने भएकाले यहि अनलाइन अर्थ सरोकार डटकमबाट उनलाई भन्न मन लागेको छ, ‘ बाइबाइ ‘दुर्गाप्रसाद’ ! बजार २५०० मा आएपछि भेट्न आउँला है !’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्