×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको सौराहाचोकमा भीषण आगलागी, जनता त्राहिमाम हुँदा प्रहरी र प्रसाशनको चरम लापरवाही !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चितवनको सौराहाचोकमा भीषण आगलागी, जनता त्राहिमाम हुँदा प्रहरी र प्रसाशनको चरम लापरवाही !

Artha Sarokar

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

चितवन- चितवनको सौराहा चोकमा भीषण आगलागी भएको छ । तर यति ठुलो घटना हुँदा पनि थोरै संख्यामा मात्र  प्रहरी घटनास्थल पुगेको थियो  भने एउटा मात्र दमकल घटनास्थल पुगेको थियो । आगलागीपछी सौराहा चोकमा कोलाहल मच्चिएको छ भने आगलागी के कारणले भयो र कति क्षति भयो भन्ने जानकारी भने प्रहरीले दिइसकेको छैन । यद्यपी विद्युत सर्ट भएकाले घटना घटेको बुझिएको छ ।
९ बजेदेखि आगो लागेको थियो भने ११ बजार राती नियन्त्रणमा आएको छ । यति ठुलो घटना हुँदा पनि इलाका प्रहरी कार्यालयका प्रमुख नारायण रंजितकार भने घटनास्थल आइपुगेकाथिएनन्  । २ पसलहरु पूर्ण रुपमा क्षति भएको छ । ‘पसल र प्रशासनले खासै सहयोग गरेको छैन । स्थानीय आफैं आगो निभाउन लागि परेका छन् । हावा हुरी लागेको छ ।’ स्थानीयले भने । 
अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । यता उक्त घटनाबारे खबर संकलन गर्न गएका पत्रकारमाथि पनि दुर्व्यवहार गरिएको छ । ‘तैंले काम पाइनस् ? फोटो खिच्न के यहाँ मेला लाग्या छ ?’ भन्दै एक प्रहरी हवल्दारले अर्थसरोकार कर्मीलाइ थर्काएका थिए ।  यसबारे इलाका प्रहरी कार्यालय प्रमुख नारायण रंजितकारलाइ जानकारी गराउँदा उनले त्यस्तो नहुनुपर्ने र भएको भएपनि गलत भएको र आफु बुझ्ने बताएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी