Skip to content

चुवावट भयो स्ववियु निर्वाचन तालिका, अखिल क्रान्तिकारीले भन्यो, ‘पदाधिकारीले बेइमानी गरे’

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

स्ववियु निर्वाचन तालिका आधिकारिक रुपमा जानकारी नगराईदै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालयले गरेको तालिकाबारेको निर्णय माघ १५ गते पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरिरहेको भएपनि केहि सिमित व्यक्तिको आडमा उक्त तालिका बाहिरिएको आरोप छ ।  पत्रकार सम्मेलनबाट आधिकारिक रुपमा जानकारी गराउने भनिएको समवेदनशिल सूचना चुहावट हुनुले
त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरूकाे गाेपनियतामाथि संका उत्पन्न हुने
स्थिति भएको सरोकारवालाहरुले दावी गरेका छन् ।

यस्तो छ तालिका :
तालिका
अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन ३ गते १ बजेसम्म
मतदाता सूचीउपर दावी विरोध गर्ने, फागुन ५ गते ५ बजे अन्तिम नामावली
प्रकाशित गर्ने, फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र
वितरण गर्ने कुरा उल्लेख गरिएको छ  ।
त्यस्तै
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी
नामावली दाखिला गर्ने, फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको
नामावली प्रकाशित गर्ने, फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर
दाबी विरोध गर्ने समय तोकिएको छ  ।
फागुन
६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने, फागुन ८ गते १ बजेसम्म
उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय, फागुन ८ गते ४ बजे उम्मेद्वारको
अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने मिति पनि तय
गरिएको छ  ।

अखिल क्रान्तिकारीले भन्यो, ‘पधाधिकारीले बेइमानी गरे’ 
यसरी अग्रिम चुहावट भएको तालिकामाथि नेकपा (माओवादी) निकट अखिल
(क्रान्तिकारी) ले भने त्रिभुवन विश्वविद्यालय पदाधिकारीले बेइमानी गरेको
आरोप लगाएको छ । अर्थ सरोकार डटकमसंग कुराकाने गर्दै अखिल (क्रान्तिकारी) का उपत्यका संयोजक लोकेश
विश्वकर्माले १४ गते आन्तरिकरुपमा सर्कुलर जारी गरेर १५ गते भर्ना बन्द
गरिएको भन्दै कडा आपत्ति प्रकट गरे । १५ गते शनिबार परेको हुनाले यो
कुनैपनि हालतमा जायज हुन् नसक्ने विश्वकर्माको तर्क छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्