×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैसाख तेश्रो साता स्थानीय निकायको चुनाव गराउने तीन दलको सहमति, पूँजी बजार बढ्ने आशा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैसाख तेश्रो साता स्थानीय निकायको चुनाव गराउने तीन दलको सहमति, पूँजी बजार बढ्ने आशा

Artha Sarokar

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सहमत भएका छन् । प्रधानमन्त्रीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चाँडै स्थानीय तहको निर्वाचन गराउने समझदारी भएको हो । करिब तीन घन्टा बसेको बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष रावल, स्थायी समिति सदस्य सुवास नेम्बाङ, माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र भुसाल सहभागी थिए ।

‘‘सैद्धान्तिक रुपमा चाँडो मिति घोषणा गर्ने सहमति भएको छ । यसलाई व्यावहारिक रुपमा कसरी सम्पन्न गराउने भन्नेमा पनि सकारात्मक छलफल भएको छ । समग्र शान्ति सुरक्षा र अन्य पक्षमा पनि गृहकार्य गर्दै जाने भन्ने भएको छ” – नेता रावलले भने ।
बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले २०७४ वैशाखको अन्त्यमा सम्पन्न गर्ने गरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने समझदारी भएको बताउँदै असन्तुष्ट मधेसी, जनजातिलगायतका गठबन्धन र समुदायले जनसङ्ख्याको समानुपातिकको अनुपात बढाउने विषयमा राखेको माग र अन्य सवालमा अलग्गै वार्ता गर्ने बताइन् ।

यता चुनावको लागि सहमति बनेसँगै नेपाली पूँजीबजारमा सकारात्मक असरको आशा गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी