×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले खुलाएको जागिरमा न्यूनतम योग्यताको मागनै गलत !

अर्थ सरोकार

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार

PRIME CA

धितोपत्र बोर्डले खुलाएको जागिरमा न्यूनतम योग्यताको मागनै गलत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धितोपत्र बोर्डमा जागिर खुलेको छ । बोर्डले पुस २९ गते आवश्यकता सम्बन्धी सूचना सार्वजनिक गर्दै ५ पदमा १४ जनाका लागि जागिर खुलाएको हो ।  तर उक्त जागिरमा अधिकृत तृतीय श्रेणी (लेखा) को पदमा अचम्मको माग गरिएको छ । सुचनामा उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता, ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट लेखा सम्बन्धी विषय लिई स्नातकोत्तर उतिर्ण गरेको वा स्नातकोत्तर सरहको  चार्टड एकाउन्टेन्सी उतिर्ण गरेको ।’ भन्ने उल्लेख छ । जवकी  चार्टड एकाउन्टेन्सी विषय आफैंमा प्रोफेसनल कोर्ष हो र सिए र बिबिएस दुवै सकेकाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको समकक्षता पाउने गरेका छन् ।’
सुचनामा प्रष्टसँग ‘स्नातकोत्तर सरहको  चार्टड एकाउन्टेन्सी भनिएको छ, जुन सरासर गलत छ । नेपालमा सिएहरुलाई नियमन गर्ने र  चार्टड एकाउन्टेन्सी अध्ययन गराउने नेपाल चार्टड  एकाउन्टेन्टस् संस्था (आइक्यान) ले सिए कोर्षलाई स्नातकोत्तर सरह वा सरह नहुने भन्ने कुनै मापदण्ड बनाएको छैन ।
यस अघि नेपाल राष्ट्र बैंकमा सिए महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ‘ चार्टड एकाउन्टेन्सी उतिर्ण’ भएको तर उक्त योग्यता स्नातकोत्तरसरह नभएको भन्दै मुद्धा परेपछी धितोपत्र बोर्डले बुझ्दै नबुझी यस्तो सुचना प्रकाशित गरेको छ ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: