- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पती नेपाल सरकारको मन्त्री पत्नी भारत सरकारको जागिरे । यस्तो दृश्य प्रधानमन्त्री प्रचण्डका सरकारका सञ्चारमन्त्री सुरेन्द्र कार्की हो । तिनै कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै यसले तरंग पैदा गरेको छ ।
उनकै पार्टीका नेता एंव संचारमन्त्री राम कार्कीको भने भारतमा समेत २ वटा घर रहेछन् । उनको सम्पत्ति विवरणमा सिक्किम र दार्ज्लिङमा गरी २ वटा घर रहेको उल्लेख छ । त्यस्तै भक्तपुरमा १९ आना, ओखलढुंगामा चार रोपनी र १० तोला सुन पनि कार्कीसँग रहेछ । १४ लाख वैँक व्यालेन्सपनि कार्कीसँग रहेको विवरणमा उल्लेख छ ।
कार्कीकी पत्नी भारतकी सरकारी अधिकृत रहेको बताइन्छ । भारतमा घर तथा श्रीमती भारतीय कर्मचारी भएकाले कार्कीलाई भारतले राजदुतको अग्रिमो दिएको थिएन ।