×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेलम्चीको सुरुङमा भेटिएको सुन नै हो, हामीलाई झुक्क्याइयो’

PRIME CA

‘मेलम्चीको सुरुङमा भेटिएको सुन नै हो, हामीलाई झुक्क्याइयो’

२५ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

मेलम्ची – मेलम्ची खानेपानी आयोजनाको सुरुङस्थलमा भेटिएको सुन जस्तो पदार्थ सुननै भएको दाबी स्थानीयबासीहरुले गरेका छन् । उनीहरुले उक्त पदार्थ सुन नै भएको दावी गर्दै केहि गिरोह सुनजस्तै पदार्थ भन्ने हल्ला फिंजाएर भेटिएको सुनको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् । ‘भेटिएको बस्तु सुन नै हो भनेर कुरा आएको थियो । पछी सुन भन्ने थाहा पाएपछि एक त सुरक्षा दिन सकिंदैन, अर्को आफु नै कमाउनु पर्छ भन्दै केहि गिरोह लागी परेका छन्। ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक स्थानीयवासीले बताए ।    
पुन : परिक्षणका लागि लगियो :
स्थानीयबासीले आफूहरुलाई झुक्याएको भनेर विरोध गरेपछि स्थानीय समुदाय र राजनीतिक दलको रोहबरमा पुनःपरीक्षण गर्न पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिएका छन् । ‘स्थानीयबासीको विरोधपछी हामीले पुन: परिक्षणका लागि उक्त पदार्थ पठाएका छौं। ‘ उनले अर्थ सरोकार डटकमसँग भने ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: