
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालका विभिन्न निजी स्कुलहरुमा समेत गौतम बुद्धको जन्मबारे भ्रामक तथ्य राखिएको फेला परेको छ । शुभारम्भ पब्लिकेसनको सामाजिक शिक्षा विषयको कक्षा ९ को कितावमा यस्तो भ्रामक तथ्य प्रस्तुत भएको हो । पुस्तकको दोश्रो पाठमा गौतम बुद्धको जन्मस्थल उत्तरी भारत भन्ने उल्लेख गरिएको छ । गौतम बुद्ध भारतमा जन्मिएको भन्दै भारतीय मिडियाहरुले अफवा फैलाईरहेका बेला नेपाली स्कुलहरुमा नै पढाइने यस्ता कितावहरुले नेपाली विद्यार्थी माझ पनि गौतम बुद्धको जन्मबारे छरिरहेको पाइएको छ ।

कोको हुन् यी किताब लेख्ने लेखक ?
शुभारम्भ पब्लिकेसनले तयार गरेको यो किताबकि लेखिका संगीता थेबे हुन् भने किताबलाई मेजर जनरल अनन्त बहादुर थेबे, राम हरि लम्साल र राम प्रसाद भुषालले सम्पादन गरिएको पाइएको छ । उक्त पुस्तक नेपालका विभिन्न निजि स्कुलहरुमा पढाइने गरेको पाइएको छ । यस बारेमा हामीले पब्लिकेसनमा सम्पर्क गर्ने प्रयास गरेपनि पब्लिकेसनको फोन भने उठेन ।

सामाजिक सञ्जालमा तीब्र बिरोध
यस बिषयलाई लिएर सामाजिक सञ्जालमा तीब्र बिरोध भैरहेको छ । यस्ता भ्रामक कुराहरु पढाएर नेपाली विद्यार्थीहरुको आँखामा छारो हाल्न खोजेको भन्दै यस्ता पब्लिकेसनहरु तुरुन्त बन्द गरिनुपर्ने र लेखकलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राखेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्