
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको बारेमा नामसहित प्रकाशित गरेको धारणाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ । सिबिफिनले पनि एक विज्ञप्ति जारी गर्दै बोर्डको सो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो ।
यस्तो सिबिफिनले जारी गरेको विज्ञप्ति :
व्यक्ति वा समूहबाट बजारमा गराइने होहल्ला र अस्वभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरुको कामकारबाहीको वृहत अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित कानूनअनुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायीत्व र जिम्मेवारी ठहर्छ ।
सम्बन्धित संस्थाहरुको आर्थिक विश्लेषण गरी लगानी सम्बन्धी सूचनामुलक जानकारी उपलब्ध गराउनुका साथै समय समयमा आम लगानीकर्तालाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठा माथि आँच नपुग्ने र लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरुको हित हुनेछ ।
नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सुचिकृत संस्थाहरुको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरुलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिबिफिनले हार्दिक अपेक्षा व्यक्त गर्दछ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्