×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस केन्द्रीय समितिको बैठकमा खुमबहादुर खड्काको माग, ‘कांग्रेस महाभियोगको विपक्षमा उभिनुपर्छ’

PRIME CA
GLOBAL IME BANK

कांग्रेस केन्द्रीय समितिको बैठकमा खुमबहादुर खड्काको माग, ‘कांग्रेस महाभियोगको विपक्षमा उभिनुपर्छ’

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने भन्ने बिषयमा चर्चा परिचर्चा भइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाली कांग्रेस लोकमानसिंह कार्कीविरूद्धको महाभियोगको विपक्षमा उभिनुपर्ने बताएका छन् । लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व नभएको भन्दै उनले कांग्रेस महाभियोगको विपक्षमा रहेको बताएका हुन् ।
‘लोकमानलाई अहिले महाभियोग लगाउनु भनेको आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा ल्याइएको हो,’ उनले भने, ‘एमालेको षडयन्त्रभित्र कांग्रेस फस्नु जरूरी छैन । ‘यदि उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छन्?’ सोमबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठकमा मंगलबार बोल्दै खड्काले भने ।
उनले अगाडी भने, ‘यदि लोकमान गलत हो भने उनीमाथि छानबिन र कारबाही गर्नु परेन। नियुक्ती गर्ने मान्छे सही र नियुक्त भएको मान्छे गलत भन्ने हुन्छ? आफूमाथि छानबिन हुनसक्ने डरले माओवादी-एमालेले यो प्रस्ताव ल्याएका हुन् । हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ? अख्तियार प्रमुखकका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन छ। त्यसलाई अदालतले नै फैसला गर्छ ।’ उनले भने  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: