
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले नारी दिवस मनाइरहँदा ऊर्जाशील कर्ममा व्यस्त कल्पनादेखि राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको परिसरमा भारोत्तोलन खेलको अभ्यासमा सप्तरी विष्णुपुर गाउँपालिका–१ की कक्षा १० मा अध्ययनरत १५ वर्षीया सरिताकुमारी यादव सम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको टीकापुर नगरपालिका वडा नं १ की कल्पना चौधरी पानी तान्ने मेसिन बनाउँदै । एक सय एघारौँ नारी दिवस मनाइँदै गर्दा उहाँ जस्ता धेरै महिला ऊर्जाशील कर्ममा व्यस्त छन् ।

राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको परिसरमा भारोत्तोलन खेलको अभ्यासमा सप्तरी विष्णुपुर गाउँपालिका–१ की कक्षा १० मा अध्ययनरत १५ वर्षीया सरिताकुमारी यादव ।

एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा सोमबार दमकमा श्रीमती सङ्गठनले निकालेको ¥याली।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौँमा सोमबार आयोजित १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी मुस्कान खातुन ।

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल चेम्बर अफ कमर्शद्वारा काठमाडौँमा सोमबार आयोजित नेपाल महिला चेम्बर कार्यक्रममा स्टलमा राखिएको सामग्रीबारे जानकारी लिनुहुँदै।

अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा बागलुङका महिला सङ्घ संस्थाले निकालेको ¥यालीमा सहभागी महिला ।

धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा सोमबार कोरोनाविरुद्धको खोप लगाउन आएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिक ।

इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ ।

म्याग्दी सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा ढल निकासका लागि व्यवस्थित नाली निर्माण गरिँदै । बर्खायाममा आउने बाढीलाई निकास दिनका लागि क्याम्पसचोकमा ढल निकासको काम भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आइतबार बेदकोट नगरपालिका– १० चौधर नदीमा चथरी– नयाँ गाउँ जोड्ने पक्की पुलको शिलान्यास कार्यक्रमको सुभारम्भ गर्दै ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्