
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरी नजिकै कालीगण्डकी नदीको किनारमा मजदुरबाट नदीजन्य वस्तुको उत्खनन् गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले मापदण्ड विपरीत डोजर प्रयोग गरेर नदी दोहन गरिरहेकोदेखी सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँससम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरी नजिकै कालीगण्डकी नदीको किनारमा मजदुरबाट नदीजन्य वस्तुको उत्खनन् गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले मापदण्ड विपरीत डोजर प्रयोग गरेर नदी दोहन गर्दै ।

सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस ।

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द अभिवादन गर्नुहुँदै ।

प्रदेश १ को सुनसरी जिल्लास्थित बर्जु ताल । १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जु तालको नामबाटै स्थानीय तहको नाम बर्जु गाउँपालिका राखिएको छ । बर्जु ताल इटहरीबाट ३२ तथा विराटनगरबाट १० किलो मीटरको सडक दूरीमा छ । पिकनिक खान, बाल उद्यान हेर्न, चरा हेर्न, नौका विहार गर्न यो ताल प्रदेश १ को पुर्वी तराईमा रहेको प्रसिद्ध ताल हो ।

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित विद्रोही पक्षका नेताहरु नेत्रविक्रम चन्द, खड्कवहादुर विश्वकर्मा प्रकाण्ड एकआपसमा भलाकुसारी गर्दै ।

सिद्धार्थ उद्योग बाणिज्य सङ्घको ६२ औँ साधाणसभाका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्राज्ञ बुंद रानालाई पुरस्कार ।

पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण गर्न लागिएको कोभिड–१९ विरुद्धको खोप भण्डार गृहको शुक्रबार शिलान्यासका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङ ।

धनगढी उपमहानगरपालिका –२, तिल्के तालबाट बरामद गरेको अवैध कुखुरा नष्ट गर्दै सुरक्षाकर्मी । भारतबाट अवैध रुपमा ल्याइएका ४०० कुखुरा पशु क्वारेन्टाइन, नेपाल ह्याचरी उद्योग सङ्घ, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घलगायत प्रतिनिधिको रोहवरमा नष्ट गरिएको जनाइएको छ ।

तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा सालको पातको टपरी गास्दै महिला । यहाँका महिलाले बनाएको टपरी दमौलीस्थित दुना टपरी उद्योगबाट बिक्री गर्ने गरिन्छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँमा किसानले गहुँबालीसँग लगाएको तोरीबाली ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्