
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै महिलादेखि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मङ्गलबार आफ्नै कक्षमा पुगेका राउटे अगुवा दिलबहादुर शाहीको गुनासो सुन्दैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै महिला । ग्रामीण भेगमा सञ्चालित घरबासमा पुग्ने पाहुनालाई फूलमालाले स्वागत गरिन्छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मङ्गलबार आफ्नै कक्षमा पुगेका राउटे अगुवा दिलबहादुर शाहीको गुनासो सुन्दै ।

नलगाड नगरपालिका–१० स्थित रावत गाउँमा निर्माण गरिएको वडा कार्यालय उद्घाटनपछि सडक पुगिसकेको बताउँदै खानेपानी र विद्युत् सेवा छिटै वडाका सवै ठाउँमा पुग्ने मन्तव्य राख्दै नगरप्रमुख टेकबहादुर रावल ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साघुमा विद्यार्थी र जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो कपडा वितरण गर्दै ।

मानव कल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा यही फागुन २१ देखि चैत १ गतेसम्म हुने रामानाम मानस महायज्ञका लागि तयारी मण्डप ।

लमजुङको बेँसीशहर नगरपालिका– ७, मानवसेवा आश्रममा आश्रित ३२ जना मानवलाई मङ्गलबार रातिको खाना दिँदै पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा ।

कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ माझा स्थित संरक्षणको पर्खाइमा रहेको शितला देवीको मन्दिर र जीर्ण अवस्थाको खानेपानी मुहानसहितको धारो । एक सय वर्षभन्दा पुरानो सम्पदा संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ भने मुहान सुक्न थालेको छ ।

रामपुर नगरपालिका–५ मा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत ६० वर्षभन्दा माथिका वृद्ध असहाय तथा विपन्न नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गर्दै लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल, नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, वडा अध्यक्ष हिमाल मल्ललगायत ।

बैतडीको पाटन क्षेत्रमा रहेको सल्लेरी वन । संरक्षणको अभावमा पछिल्लो समय यहाँका सल्लेरी वन मासिँदै गएका छन् । देशसभा सदस्य युवराज खनाल, नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, वडा अध्यक्ष हिमाल मल्ललगायत ।

‘प्रथम छहरे (लिख) महोत्सवमा स्थानीय कला तथा सांस्कृतिक प्रस्तुतिको क्रममा लाखे नाच प्रस्तुत गरिँदै । गत फागुन १४ देखि शुरु भएको महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्