×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बिहीबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

PRIME CA

यी हुन् बिहीबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७६ करोड ७४ लाख ७५ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज बिहीबार नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा पुगेको छ ।
यस अवधीमा २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर खरिद बिक्री भएको छ भने १० अर्ब ९० करोड ४९ लाख ५९ हजार ९ सय ३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल पुनर्बिमापछि नेशनल हाईड्रोपावर कम्पनीको २९ करोड ८२ लाख १४ हजार १ सय ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड १६ लाख ९७ अजार ३ सय ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने निफ्राको २४ करोड २७ लाख ६६ हजार २ सय ४३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरी, एनएलजी इन्स्योरेन्स कम्पनी, लुम्बिनी विकास बैंक, अरुण भ्याली आईड्रोपावर कम्पनी, अपी पावर कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीहरुको पनि सर्वाधिक कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: