- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा बजार १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९० करोडमाथिको कारोबार भएको छ ।
यता धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति नै सार्वजनिक गरेको थियो । सोहि प्रभावले बुधबार नेप्सेमा भारी अंकको गिरावट आएता पनि आज भने बजार आफ्नै लयमा फर्किन खोजेको छ । आइतबारबाट बजार थप लय लिने विश्वाश गरिएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड ७४ लाखमाथिको कारोबार भएको छ । आज ६ समूह बढेका छन् भने अन्य समूह घटेका छन् । यस्तै आज सबैभन्दा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सीईबीडि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।