
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेप्से परिसूचक ११.७८ अंकले घटेको छ । यस अवधिमा तीन कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा वृद्धि भएको छ । विशाल बजार कम्पनी, हिमालय डेस्टिलरी र छाङ्दी हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
विशाल बजारको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५३४ रुपैयाँले वृद्धि भएर कम्पनीको सेयर मूल्य ५ हजार ८७९ पुगेको छ । यता हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यस्तै छाङ्दी हाइड्रोपावरको सेयर मूल्य ७.७८ प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैयाँले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्