- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया ‘सेलेक्स–३०’ फण्डको १० करोड इकाई बाँडफाँड भएको छ । उक्त इकाई असार २० गते बाँडफाँड भएको हो ।
एनआईसी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई असार १४ गतेसम्म बिक्रीमा ल्याएको थियो ।
कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बाँडफाँड गरिएको हो ।