×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ फागुन २३ गतेदेखि बिक्रीमा आउने

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २३ गतेदेखि बिक्रीमा आउने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ आगामी फागुन २३ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
फागुन २३ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले १०० रुपैयाँ अंकित दरमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: