×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको १० लाख ९६ हजार १६९ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको १० लाख ९६ हजार १६९ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको १० लाख ९६ हजार १६९ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम अन्तिम दिन रहेको छ । बैंकले माघ १० गतेबाट आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५९८, आरएमडीसी लघुवित्तको ४ लाख ३६ हजार ३६१ र महुली सामुदायिक लघुवित्तको ६१ हजार २१० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
जसकारण आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो माइक्रोफाइनान्सको सेयरमा न्यूनतम ४६३, आरएमडीसी लघुवित्तको सेयरमा न्यूनतम ५२३ र महुलीको सेयरमा न्यूनतम ८१२ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्नसक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी