- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा भोलि आइतबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था लागु हुने भएको छ । नेप्से संचालक समितिको असार ३० गतको निर्णय बमोजिम धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागु हुने भएको हो ।
धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र (प्रि-ओपनिङ)को मूल्य सीमा र धितोपत्रको कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा ल्याउन लागिएको हो ।
जससँगै अब दोस्रो बजारको प्रारम्भिक कारोबार सत्र अर्थात प्रि-ओपनिङ सेसनमा मूल्य परिवर्तन सीमा २ प्रतिशत कायम गरिएको छ । यस अघि यसको सीमा ५ प्रतिशत रहेको थियो । यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई घटाई १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरेको गरिएको छ ।
प्रि-ओपनिङ सेसनमार्फत सेयर मूल्य अस्वाभिक घटबढ गराएर लगानीकर्तालाई प्यानिक बनाईएको भन्दै आवाजहरु उठेपछि बोर्डले नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्