
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पूँजी बजार विकासका लागि सरकारसँग दुई वर्ष अगाडि समझदारी भएका महत्वपूर्ण १८ काम तत्काल गर्नुपर्ने माग गर्दै आइतबार नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि आमरण अनशनमा बसेका लगानीकर्तादेखि फेवातालमा पानी सतह घटेपछिको घुम्न आएका पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पूँजी बजार विकासका लागि सरकारसँग दुई वर्ष अगाडि समझदारी भएका महत्वपूर्ण १८ काम तत्काल गर्नुपर्ने माग गर्दै आइतबार नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि आमरण अनशनमा बसेका लगानीकर्ता ।

फेवातालमा पानी सतह घटेपछिको घुम्न आएका पर्यटक ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको प्रथम साधारणसभामा आइतबार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायत ।

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित माटोबाट निर्माण गरेर बिक्रीका लागि राखेको विद्याकी देवी सरस्वतीका मूर्ति । वसन्त पञ्चमी आउन केही दिन बाँकी रहेका बेला मूर्ति बिक्री गर्न लागिएको छ ।

बाली विज्ञान दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूट परिसरमा प्याजका बेर्ना रोप्दै । खेती गरेर प्राप्त भएको आम्दानीको ५० प्रतिशत शिक्षालयको कोषमा राख्ने र बाँकी ५० प्रतिशत विद्यार्थीले लिने गरेका छन् ।

पोखराको फेवातालमा डुङ्गा मर्मत गर्दै डुङ्गा चालक ।

चौथो युथ युनियन कपका अवसरमा पृथ्वी टेलिभिजनका प्रमुख प्रदीप पाण्डेयलाई सम्मान गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, मटेरी युथ युनियन क्लबका अध्यक्ष रामबहादुर रानालगायत । पत्रकार पाण्डेयले सञ्चारमाध्यमबाट पु¥याएको योगदानको कदर गर्दै मटेरी क्लबले सम्मान गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आइतबार भएको दुर्घटना । भारतीय ट्याङ्करको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाको धुरी । यो समुद्री सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका एक दर्जन हिमशृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका विभिन्न वस्तीहरु देख्न सकिन्छ । मालिका मन्दिरमा पुगेर जे वर मागेपनि पूरा हुने विश्वास रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्