×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत

PRIME CA

नेपाल स्टक एक्सचेन्जमा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत

अर्थ सरोकार

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा असार २ गते बुधबार उक्त रकम बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको ४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’ सोमबार धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ८ बमोजिम नेप्सेमा सूचीकृत भएको हो ।
दीर्घकालीन आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको उक्त विकास ऋणपत्र जेठ १३ गते निष्कासन गरेको थियो । उक्त विकास ऋणपत्र २०८३ जेठ १३ गते परिपक्क हुनेछ भने सोही समय साँवा तथा अन्तिम किस्ता वापतिको ब्याज भुक्तानी पाईनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: