
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । साधारण सभाले ४.५० प्रतिशत लाभांशसहितको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।
कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअलमाध्यमबाट शेयरधनीहरुको साधारण सभामा उपस्थिति रहेको थियो । सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।
अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरु अमृतनाथ रेग्मी, डम्मरु बल्लभ घिमिरे, रामगोपाल महर्जन र सुन्दरमान श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाबसहितको धारण राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले जवाफ दिएका थिए । सो साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनालाको उपस्थिति रहेको थियो ।
साधारण सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्ष/पदाधिकारीहरु, आरबिबि मर्चेन्ट बैंकिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्