×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०६५ देखि कर नतिरेका सवारीधनीलाई खुशीको खबर ! फागुन मसान्तसम्म कर तिरे जरिवाना छुट

PRIME CA

२०६५ देखि कर नतिरेका सवारीधनीलाई खुशीको खबर ! फागुन मसान्तसम्म कर तिरे जरिवाना छुट

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारीधनीले कर तिरे जरिवना नलाग्ने भएको छ । प्रदेशले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत् २०६५ सालदेखि कर नबुझाएका सवारीधनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने बताएको हो । मंगलबार अर्थात असर १ गते बजेट सार्वजनिक भएको थियो ।
प्रदेश बजेटको १७६ बुँदामा भनिएको छ ‘बागमती प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारी धनीले २०७८ साल फागुन मसान्तसम्म सवारीसाधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिकको जरिवाना छुट हुने व्यवस्था गरेको छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: