काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कामना बिकास बैंक लिमिटेडले खुद नाफामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणाको बढोत्तरी गरेर छलाङ नै मारेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशत अर्थात ५.८४ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशतले घट्दा बैंकको सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको हो।
आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
यता बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्