Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : जुनिचाँदेमा बैंक नभएपछि सदरमुकाम धाउन बाध्य सेवाग्राही, वर्षाले बैतडीको यातायात सेवा प्रभावित

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बैंक नभएपछि सामाजिक सुरक्षा भत्ता, मुख्यमन्त्री रोजगारी कार्यक्रमलगायतको रकम लिन सदरमुकाममा रहेको बैंकमा आएका नागरिकदेखि लगातारको वर्षाका कारण महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा यातायात सेवा प्रभावित भएकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

जुनिचाँदे गाउँपालिकामा बैंक नभएपछि सामाजिक सुरक्षा भत्ता, मुख्यमन्त्री रोजगारी कार्यक्रमलगायतको रकम लिन सदरमुकाममा रहेको बैंकमा आएका नागरिक ।

जुनिचाँदे गाउँपालिकामा बैंक नभएपछि सामाजिक सुरक्षा भत्ता, मुख्यमन्त्री रोजगारी कार्यक्रमलगायतको रकम लिन सदरमुकाममा रहेको बैंकमा आएका नागरिक ।

तनहुँको व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथमा खसेको पहिरो । गत असार १७ गतेको वर्षाले पहिरो झरेर बाटो अवरुद्ध भएपछि स्थानीयवासी मारमा परेका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथमा खसेको पहिरो । गत असार १७ गतेको वर्षाले पहिरो झरेर बाटो अवरुद्ध भएपछि स्थानीयवासी मारमा परेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बन्धकीमा खरिद गरिएको खेतमा सामूहिक रुपमा धान रोप्दै कृषक । वाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खरिद गरेको खेतमा २५ जना विपन्न उपभोक्ताले सामूहिक खेती गरिरहेका छन् ।

डोटीको शिखर नगरपालिका–११ बानीडुग्रीसैनमा किसानले गरेको धानखेती ।

कलङ्कीस्थित उपत्यकावाट वाहिर जाने सडक छेउमा फलफुल विक्री गर्न बसेका सडक व्यापारी । यहाँ दैनिक सयौका संख्यामा फलफुल व्यापारी यसरी नै साइकलमा फलफुल वेच्न वस्ने गर्दछन ।

साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ ।

धनगढी उपमहानगरपालिका– ३ स्थित आसपासका स्थान वर्षातका कारण जलमग्न भई डुबानमा परेपछि वडा नं। २ र ३ को सिमामा रहेको कल्बटबाट पानी निकासा गर्दै स्थानियवासी ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK