काठमाडौँ । ह्याकरले राष्ट्र बैंकसहित नेपालका १६ बैंकको सिस्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकले यसमा अनुसन्धान अघि बढाएको छ । राष्ट्र बैंकको आइटी टोली अनुसन्धानमा खटिएको हो ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले आफ्नै आइटी टीमले प्राप्त पत्रको बारेमा अनुसन्धान गरिरहेको बताए । आवश्यक परे प्रहरीको पनि सहयोग लिने उनले बताए । भाइबरमा आएको सूचना कसले पठाएको भन्ने खोजी भइरहेको छ ।
यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पनि राष्ट्र बैंकसहित १५ बैंकलाई आएको धम्कीबारे आफुहरुलाइ जानकारी आएको बताए । यद्यपि प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट भने यो धम्की फेक भएको बुझिएको छ । र प्रहरी पनि थप अनुसन्धानमा हामी जुटेको छ । सिस्टम ह्यामबारे अहिले बैंकिङ क्षेत्र त्रसित बनेको छ भने सिस्टमलै उच्च सुरक्षामा राखिएको छ ।